Logo

बागमती पेज

असार १५, २०७९ बुधबार

त्रिवि सेवा आयोगले लिएको १०२ पदको लिखित परीक्षामा सबै फेल


काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०२ पदको परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन् ।

आयोगले मंगलबार सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एकजना पनि परीक्षार्थी उतीर्ण हुन सकेनन् ।

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जनाले लिखित परीक्षा दिएका थिए । शाखा अधिकृतमा ४० पदका लागि ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३, लेखा अधिकृत १५ पदका लागि १२९ ले परीक्षा दिएका थिए । तर ती पदमा एक जना पनि परीक्षार्थी उतीर्ण भएनन् ।

परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ । लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उतीर्ण भएका छन् ।

२०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म र लिएको प्रशासनिक तथा प्राविधिक पदहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

उतीर्ण परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता यही असार २८ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे हुने आयोगले जनाएको छ ।