Logo

बागमती पेज

असार २१, २०७९ मंगलबार

रामेछाप दुर्घटना ९ जनाको घटनास्थलमै मृत्यु


काठमाडौँ । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।

२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।