Logo

बागमती पेज

असार २२, २०७९ बुधबार

भाँचिएको एक वर्षदेखि अलपत्र त्रियुगाको पुल


उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित त्रियुगा नदीमा निर्माणाधीन शिवाई पुल भाँचिएको एक वर्षदेखि अलपत्र छ ।

१२ वर्षअघि निर्माण सुरु भएको पुल निर्माणाधीन अवस्थामा रहेको पुल अन्तिम चरणमा बाढीले बगाएको थियो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ शिवाई र बेल्ही जोड्ने मोटेरेबल पुल १९ असार २०७८ मा आएको बाढीले बगाएको हो । क्षतिग्रस्त पुलको अध्ययनका लागि सरकारले विशेषज्ञ टोली बनाए पनि अझै निर्माणको काम थालिएको छैन ।

१२ वटा पिलर र ११ वटा स्लाब रहेको ३ सय ७ मिटर लम्बाइको पुलको दक्षिणपश्चिम क्षेत्रको पहिलो र दोस्रो पिल्लर भासिएपछि पुल दुई टुक्रा भएको हो ।