Logo

बागमती पेज

असार २४, २०७९ शुक्रबार

पढ्ने धोको मेट्दै ६१ वर्षीय रिमबहादुर


काठमाडौँ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा ६१ वर्षीय रिमबहादुर खड्का अध्ययन गर्दै छन् । पढ्न उमेरले छैक्दैन भन्दै वरीपरि नातिनातिना उमेरका सहपाठी सँग अध्ययन गरिरहेका छन् ।

आजकाल उनलाई दिनहँु देख्न सकिन्छ । उनको यो जोस जाँगरले सबैलाई खुसी तुल्याएको छ । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन् उनले । उनी कक्षाका अरु बच्चा सँगै बसेर ध्यान दिएर पढ्ने गरेका छन् र दिनहँु विद्यालय गइरहेको छन् ।

आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउछन् । अरु भाइहरूलाई पढाउन मै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन उनले विगत सुनाए ।

रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन् । रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् ।