Logo

बागमती पेज

असार २४, २०७९ शुक्रबार

सिन्धुलीमा एमाले नेता सवार गाडी दुर्घटना, तीन जना गम्भीर घाइते !


काठमाडौं : सिन्धुलीमा एमाले नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार काठमाडौंबाट सुनसरी जाँदै गरेको बा २ च ९००३ ल्याण्डक्रुजर गाडी सिन्धुलीको भिमानमा दुर्घटना भएको हो ।

दुर्घटनामा एमाले पोलिटब्युरो सदस्य कृपासुर शेर्पासहित चार जना घाइते भएका छन् । घाइते शेर्पाको अवस्था सामान्य रहेपनि अन्य तीन जना पेम्वा तामाङ, गणेश थापा र देवराज राई गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विमलराज कँडेलले बताए ।