Logo

बागमती पेज

असार २५, २०७९ शनिबार

बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई आफ्नो देश लगेर युद्ध तालिम दिने


बेलायत : युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै दस हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने बेलायतको रक्षा मन्त्रालयले बताएको छ ।

केही हप्ता लामो यो तालिम बेलायतमै हुनेछ । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । तालिममा सहभागी युक्रेनीहरुमा या त न्युन सैन्य अनुभव छ या छँदै छैन ।

तालिम ब्रिटेनको आधारभूत सैन्य तालिममा आधारित हुनेछ । यस अन्तर्गत हतियार कसरी चलाउने, युद्ध मैदानमा चोट लागे कसरी प्राथमिक उपचार गर्ने, अनुगमन रणनीतिलाई अगाडि बढाउने र युद्ध क्षेत्रमा लागू हुने नियम आदिमा केन्द्रीत हुनेछन् । एजेन्सी