Logo

बागमती पेज

असार २६, २०७९ आईतबार

फ्रेन्डशिप सामुदायिक हस्पिटलको दोस्रो वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । फ्रेन्डशिप सामुदायिक हस्पिटल प्रालिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको सुकेधारा स्थित हस्पिटलको आफ्नै सभाहलमा सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ ।

साधारण सभाले नवनियुत्त सञ्चालकहरु मध्येबाट मिना खड्का कटुवाललाइ फ्रेन्डशिप सामुदायिक हस्पिटल प्रालिको संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।

त्यसै गरी अस्पतालका अन्य सञ्चालकहरुमा उपाध्यक्षमा भोज कुमार श्रेष्ठ, सचिवमा सुशीला खतिवडा ढुंगेल, कोषाध्यक्षमा भवानी पोख्रेल , तस्तै सदस्यहरूमा राजन धमला, मनोज कुमार दवाडी र राजी थापा निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष मिना खड्काले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै दक्ष चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरूको साथमा आगामी दिनमा अस्पताल नयाँ ढंगबाट अगाडि लैजाने र अस्पताललाई पूर्ववत नेपालको पहिलो रोजाइको उपचार सेवा प्रदायक अस्पताल बनाउने दृढ संकल्पका साथ अगाडि बढ्ने बताइन् ।

कार्यक्रम बोल्दै उपाध्यक्षमा भोज कुमार श्रेष्ठले आफूले २० वर्ष देखि बिभिन्न सङ्घसंस्थाको नेतृत्वदाहि भूमिकामा रहेको र सोही अनुभवलाई प्रयोग गरि फ्रेन्डशिप सामुदायिक हस्पिटल प्रालिको अगाडि बढाउने बताए ।

तस्तै कार्यक्रममा बोल्दै नव निर्वाचित सदस्य तथा आईटी प्रमुख राजन धमलाले फ्रेन्डशिप सामुदायिक हस्पिटलमा जस्तो सुकै महामारी आएपनि आफूहरू सेवा प्रवाह गर्न नचुक्ने बताए । उनले सरकारी विद्यालयका शिक्षकलाई उपचारमा प्राथामिकता दिने समेत बताए । उनले फ्रेन्डशिप सामुदायिक हस्पिटलले सबै बर्गका लागी भेदभाव रहित सहज उपचार गर्ने समेत बताए ।