Logo

बागमती पेज

असार २६, २०७९ आईतबार

घरेलु हिँसाको आरोपमा वडा सदस्य


काठमाडौँ । नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित मिलन केसी शिवरामले पत्नीमाथि हिंसा गर्ने गरेको आरोप लागेको छ । उनले पत्नी माथी पटक पटक हिँसा गर्ने गरेको खुलेको छ । यसअघि प्रहरी कार्यालयमा छलफल गरेर मिलापत्र हुँदै आएको थियो । शिवरामको कुटाइबाट पत्नी मेनुका घाइते भएकी छिन् । मेनुकालाई एम्बुलेन्सबाट काठमाडौं ल्याइएको छ

पीडितका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेका छन् । कुटपिटपछि पत्नी तर्फका आफन्तलाई फोन गरेर शिवरामले उल्टै धम्की दिएका छन् ।

खाँडादेवी–६ माकादुममा भएको सो घटनाबारे जानकारी आएको भन्दै ईलाका प्रहरी कार्यालयका असई उज्जवल अधिकारीले बुझ्ने काम भइरहेको छ ।