Logo

भवानी कार्की

असार २६, २०७९ आईतबार

जनचाहाना अनुसारका काम गर्न प्रतिबद्ध छु: नगर प्रमुख मानन्धर


काठमाडौं । आर्थिक बर्ष २०७९/८० को बजेटमा भीमेश्वर नगरपालिकाले सबैभन्दा बढी कृषी क्षेत्रलाई प्रथामिकता दिएको छ । आगामी दिनमा कृषीमा आधुनिकीकरण ल्याई व्यवस्थीत तरिकाले कृषी क्षेत्रलाई चलाएमान गर्नका लागि कृषीलाई जोड दिएको नगरप्रमुख इश्वर मानन्धरले जनाएका छन् ।

कृषी सँगै पर्यटन क्षेत्रलाई पनि प्राथमिकताका साथ अगाडी लैजाने योजना रहेको नगरप्रमुख मानन्धरको भनाई छ । उनले बागमती पेजसँग भने, ‘दोलखा जिल्ला पर्यटकीय हिसाबले निकै शुन्दर रहेको र नगर भित्रै विभिन्न धार्मिक स्थल र रमणीय स्थानहरु रहेका कारण धेरै भन्दा धेरै आन्तरिक तथा बह्य पर्यटक भित्राउँदै अर्थतन्त्रमा टेवा पुराउने खालका कार्यमा जोड दिने खालका योजना रहेको छ ।’

विशेषगरी भीमेश्वरवासीहरुले विकासका पुर्वाधार निर्माण नै चाहेका कारण त्यस अनुरुपका योजना बनाएर कार्य अगाडी बढाउन लागिएको हो । कृषी, पर्यटन, सँगै सडक विस्तार तथा मर्मत कार्यलाई तत्काल मर्मत सम्भार गर्नुपर्ने देखिएको प्रमुख मानन्धरको भनाई छ ।

नगर प्रमुख मान्धरले भने, भीमेश्वर नगरपालिका कृषीको मेरुदण्ड हो, तर कृषी तथा अन्य विकासका पुर्वधार सँगै मानव संवेदनासँग जोडीएका हरेक समस्याहरु समाधान गर्नु मेरो धर्म हो । जसकारण नगरवासीको समस्यालाई मध्यनजर गर्दे उहाँहरुको चाहान अनुरुप अगाडी बढ्ने हाम्रो योजना छ ।

आफु राजनीतिक भन्दा पनि सामाजिक कार्यमा बढी अग्रसर रहेको बताउँदै नगर प्रमुख मानन्धरले नगरबासीको समस्या आफ्नो समस्या भएकाले नगरभित्रका बालबालीकाको शिक्षा स्वास्थ्य तथा बृद्धा बृद्धालाई समेत आफुले ध्यानमा राखेको उनको भनाई छ ।

आफु कर्ममा विश्वास गर्ने व्यक्तीको रुपमा चिनाएको बताउँदै नगर प्रमुख मानन्धरले भने, म कर्ममा विश्वास गर्ने मान्छे हुँ, त्यती प्रचारमा पनि आउन रुचाउँदीन र सभा सम्मेलनमा धेरै भाषण पनि गर्दिन । म कर्ममा विश्वस गर्छु, र कर्मले जहाँ पुराउँछ त्यो म सहर्ष स्विकार्छु  ।

मान्धरले आफ्नो पाँच बर्षीय कार्यकालमा भीमेश्वर नगरपालिकालाई नमुना नगर बनाउने दावी गरेका छन् । विकासका पुर्वधार लागाएत मानवीय संवेदनामा आधारित र जनताले सम्झन लायकका विकासको खाका कोर्दे लक्ष्य सम्म पुग्ने योजना रहेको र लक्ष्य पूर्ण गर्न आफु मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।