Logo

भवानी कार्की

असार २७, २०७९ सोमबार

‘तोरी पहेँलै’ बोलको गीत सार्वजनिक


काठमाडौँ । सुरज शाह ठकुरीद्धरा निर्मित ‘तोरी पहेँलै’ बोलको गीत सार्वजनिक भएको छ । गायक तथा स्रस्टा सर्जक केशवराज चौलागाइको शब्द सँगीत र रामकृष्ण थापाको सँगीत सँयोजनमा तयार पारिएको हो ।

यस गितमा चर्चित रियालिटी सो लोक स्टारका विनोद दनुवार, सुरज शाह ठकुरी र चर्चित गायीका पार्वती कार्की तथा रमिला कोइराले आवाज दिएका छन् ।

यस लोक गीतमा पश्चिमेली थेगो सहित विशेषगरी काठ क्षेत्रलाई मध्यनजर गर्दे पुर्व सम्मको रस राग प्रयोग गरिएको छ । पुर्व मेची देखी पश्चिम महाकाली सम्मको समावेसी लोक गायनलाई समेट्न खोजिएको निर्माण टिमले बताएका छन् ।

निर्माणकर्मी सुरज शाहले भने, ‘आफ्नै गाउँघरमा प्रयोग हुने शव्द सँगीत र मौलीक परम्परा अनुसाको गीत निर्माण गरिएको छ, एक पटक सबैलै सुनेर साथ दिन समेत उनको अनुरोध छ ।’

गीतमा कृष्ण रसाल र सिलु गजुरेल लगाएतका टिमको अभिनय रहेको छ । राज पोखरेलको छायाँङ्कन रहेको गीतमा सम्पादन भने अच्युत बजगाइले गरेका छन् । तोरी पहेँलै नामक यस गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।