Logo

बागमती पेज

असार २७, २०७९ सोमबार

मेयर बालेन सर्वोच्च अदालतमा, भयो यस्तो निर्णय


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एकाएक सर्वोच्च अदालत झरेका छन् । बालेन काठमाडौं महानगरपालिका कार्यालयबाट सोमबार दिउँसो रामशाहपथस्थित सर्वोच्च अदालत झरेका हुन्।

बागमती सरसफाइ सम्बन्धी मुद्धामा जवाफ दिनका लागि उनी सर्वोच्च गएका हुन्। अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौं महानगरलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजालसमा सुनुवाई भइरहेको छ।

सोही सुनुवाइका क्रममा उठेका प्रश्नको जवाफका लागि बालेन्द्र अदालत गएका हुन्। यसैबीच, काठमाडौंका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका छन्।

शनिबार बिहान यमबुद्धका अभिभावकसँग भेटेर बालेन्द्रले सोही कुरा बताएका छन्।

यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । अब यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने भएको छ । शाहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनु पर्नै अवस्था छ ।