काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज ७७ अङ्कको गिरावट आएको छ । कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजारमा अन्तिम समयसम्म अधिकतम ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १३.०३ अङ्कले घट्दै ३६६.८६ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक ५.७८ प्रतिशतले घटेको छ भने, फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले र हाइड्रोपावर समूह ५.१९ प्रतिशतले घट्न पुगेको छ ।
यस्तै, जीवन बीमा समूह ४.५४ प्रतिशतले, फाइनान्स समूह ४.५१ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ४.४५ प्रतिशतले र इन्भेष्टमेन्ट समूह ४.३१ प्रतिशतले घटेका छन् । अन्य उपसूचकहरु ३ प्रतिशत तलले घटेका छन् ।
अधिकतम ७७ अङ्कले घटेको बजारमा आज २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन २ प्रतिशत भन्दा माथि कुनै कम्पनीको सेयर मूल्य वृद्धि हुन सकेन । अधिकासं कम्पनीको मूल्य घट्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्