Logo

बागमती पेज

असार २७, २०७९ सोमबार

चिनियाँ कम्युनिस्ट लिउ र दाहाल बीच भेटबार्ता


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमै पुगेर चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी थिए ।

‘नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज दिउँसो निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रचण्ड भेटवार्तामा दुई देशका कम्युनिस्ट पार्टीबीच सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ ।