Logo

बागमती पेज

असार २७, २०७९ सोमबार

त्रिवि उपकुलपतिको कार्यालयमा अनेरास्ववियूद्वारा तोडफोड


काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको छ । संगठनको तर्फबाट १० बुँदे माग पत्र लिएर उपकुलपति धर्मकान्त बास्कोटालाई बुझाउन जाने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तोडफोड गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्यालाई केन्द्रमा राखेर ज्ञापन पत्र लिएर जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।

त्रिविमा प्रश्नपत्र आउट गर्ने, एउटै प्रश्नपत्र दोहो¥याएर छाप्ने,दलको आस्थाका आधारमा भर्ती गर्ने र आंगिक क्याम्पसमा निजी सरह शूल्क लिन थालेपछि ध्यानाकषर्ण गराउन ज्ञापनपत्र बुझाउन गएको पराजुलीले बताए ।