Logo

बागमती पेज

असार २८, २०७९ मंगलबार

सिन्धुलीमा सडक दुर्घटनामा ४४ जनाको मृत्यु


काठमाडौँ । जिल्लामा सडक दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार जिल्लामा सवारी दुर्घटनामा परि ११ महिनाको अवधिमा ४४ जनाको मृत्यु भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा जिल्लामा २ सय ७१ दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको जिल्ला कार्यालयको तथ्याङ्कमा देखिन्छ । यही अवधिमा दुर्घटनाबाट १५० गम्भीर र ३६० सामान्य घाइते भएका छन् । मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लंघन, बढदो सवारी चापका कारण दुर्घना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ । जिल्ला सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपांग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्री पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बिपि राजमार्गमा तराइ तथा पुर्वी नेपालबाट राजदानी आवतजावत गर्ने हाईस तिव्र गतिमा हुने गरेको स्थानियले गुनासो गरेका हुन् । राजमार्गमा तिव्र गतिमा चल्ने हाइसको कारण दुर्घटनाको जोखिम बढेको छ । विपि राजमार्ग अन्र्तगत सिन्धुलीमा पूर्वी तराइबाट राजधानी आवतजावत गर्ने हाइस तिव्र गतिमा हुने गरेको सुनकोशी गाउँपालिकाको सन्त थापाले बताउनुभयो ।