Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

झापामा ८० राउण्ड गोली भेटीयो


काठमाडौँ । जिल्ला सदरमुकाम भद्रपुरस्थित प्रियंका मोबाइल पसलमा गत शुक्रबार सटर फुटाएर चोरी भयो । राजु अग्रवालले सञ्चालन गरेको पसलबाट २९ वटा मोबाइल सेट, दुई वटा घडी र नगद ६१ हजार ५ सय रुपैयाँ चोरियो ।

जिल्ला प्रहरी कार्यालय, भद्रपुरमा उजुरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । सञ्चालक अग्रवालले हराएका मोबाइलमध्ये केहीका आईएमईआई नम्बर प्रहरीलाई टिपाए । त्यसको आधारमा ट्रेस गर्दै जाँदा एउटा मोबाइलमा भद्रपुर–५ का एक व्यक्तिको सीम कार्ड सक्रिय देखियो ।

पोखरेलका अनुसार प्रारम्भिक बयानमा भारतबाट गोली ल्याएको पाइएको छ ।
थप जानकारी भने खुलेको छैन । गोलीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले बताएको छ । अन्य मोबाइल पनि भारततिर विक्री गरिसकेको हुनसक्ने आशंका गरिएको छ ।