Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

उपत्यकामा आजदेखि अनलाइन मतदाता दर्ता गर्न सुरु


काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा आजदेखि फोटोसहितको मतदाता नामावली अनलाइन प्रणालीबाट नै दर्ता गर्न सुरु गरेको छ ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले वेब बेस भोटर लिस्ट प्रि–रजिस्ट्रेसन प्रणाली तयार गरेपछि अनलाइन प्रणालीबाट दर्ता गर्न सुरु गरेको हो ।

तर परीक्षणकालको रूपमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर बाट आजदेखि सुरु गरिएको आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइट मा व्यक्तिगत विवरण भर्नुपर्ने छ ।

अनलाइन फारममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नुपर्ने प्रवक्ता शर्माले बताए ।

मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।