Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

पशुपति क्षेत्रमा ब्याडमिन्टन खेल्नदेखि योग गर्न रोक लगाइने


काठमाडौं । साउन १ गतेदेखि पशुपति क्षेत्रमा ब्याटमिन्टन, फुटबल, भलिबल खेल्न, चर्को संगित साउण्डसहित जुम्बा डान्स गर्न, साइकिलिङ्ग गर्न, तथा योग गर्न रोक लगाइने भएको छ ।

पशुपति क्षेत्रमा बिहान मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधिभन्दा भिन्न किसिमका गतिविधिहरु भइरहेको भन्दै रोक लगाइने भएको हो ।

पशुपति विकास कोषले आज एक सूचना जारी गर्दै ऐतिहासिक धार्मिक वन क्षेत्रमा हरेक बिहान मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधि भन्दा भिन्न किसिमका गतिविधिहरु जस्तै, ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को संगित र साउण्डसहित जुम्बा डान्स गर्ने, साइकिलिङ्ग गर्ने, तथा योगका नाममा अप्राकृतिक विविध किसिमका क्रियाकलाप भइरहेकाले साउन १ गते देखि त्यस्ता गतिविधि गर्न रोक लगाइएको जनाएको छ ।