Logo

बागमती पेज

असार ३०, २०७९ बिहीबार

गोरखामा युवकको शव फेला


काठमाडौँ । गोरखामा एक जना युवक मृत फेला परेका छन् । सदरमुकामको खोलखोलेदेखि नगरपालिका जाने सडकखण्डमा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक छेउको नालामा बिहीबार बिहान २४ वर्षीय अनिष आलेमगरको शव फेला परेको हो ।

उनी गोरखा नगरपालिका ८ आलेगाउँ निवासी हुन् । नालामा लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको कानको भागमा चोट देखिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।