Logo

बागमती पेज

असार ३१, २०७९ शुक्रबार

लोसपाको समर्थन काँग्रेसलाई


काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल छिन् भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

आफूहरु सत्ता गठबन्धनमा भएकाले नपाली कांग्रेसका उम्मेदवारलाई नै समर्थन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। यद्यपि त्यसबारे औपचारिक निर्णय आजै २ बजेपछि बस्ने संसदीय दलले गर्ने उनको भनाइ छ ।

आजै ३ बजे संसद बैठकबाट उपसभामुख चयन हुने कार्यतालिका छ । नेकपा एमालेले लोसपाले उम्मदेवारी दिए सर्मथन गर्ने बताएको भए पनि लोसपाले उम्मेदवारी नदिएपछि एमालेले आफ्नो उम्मेदवार उठाएको थियो ।