Logo

बागमती पेज

श्रावण १, २०७९ आईतबार

एन्फा मा थापा परिवारको पुनः प्रवेश


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा )मा थापा परिवारको पुनः प्रवेश हुने भएको छ । पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरवलाई प्रथम उपमहासचिव बनाउन एन्फाको नेतृत्व सहमत भएको स्रोतको दाबी छ ।

थापाले २२ वर्ष एन्फाको नेतृत्व गरेका थिए । आर्थिक अनियमितताको आरोपमा विश्व फुटबल महासंघ फिफा ले सन् २०१५ थापालाई १० वर्षे प्रतिवन्ध लगाएको छ । उनको प्रतिबन्ध तीन वर्ष बाँकी नै छ ।

आफू फुटबलमा फर्किने अवस्था नभएपछि उनले छोरा गौरबलाई एन्फामा पठाउन चाहेका छन्, जसमा अध्यक्ष पंकजविक्रम नेम्वाङ सहमत भएका छन् । एन्फाको भोलि सोमबार बस्ने कार्यसमितिको बैठकमा पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत र १३ वटा समितिको संयोजक तोक्ने कार्यसूची छ ।