Logo

बागमती पेज

श्रावण १, २०७९ आईतबार

अपांगता भएकी युवती बलात्कार


काठमाडौँ । बैतडीमा अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा छन् ।

उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।

गत साता मात्रै पुर्चौडी नगरपालिकास्थित पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले मजदुर महिलालाई बलात्कार गरेको घटना बाहिर आएको थियो । उक्त घटनाका विषयमा अनुसन्धान जारी छ । क्याम्पस प्रमुखले पदबाट राजीनामा दिइसकेका छन् ।