Logo

बागमती पेज

श्रावण ३, २०७९ मंगलबार

‘नेपहपको श्रीपेच’ का विजेतालाई नयाँ मुकुट


काठमाडौँ । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट भाइबर साइमन लाई नयाँ श्रीपेच प्रदान गरिएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो ।

शोका जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विजेता विष्टलाई नयाँ मुकुट प्रदान गरेका थिए । यसअघि प्रदान गरिएको मुकुटको विषयमा बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि मुकुट फिर्ता गरिएको थियो ।

अहिले बनाइएको मुकुट पञ्चधातुबाट बनाइएको छ । अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले जानकारी दिए ।