Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर किच्दा १५ जना घाइते


काठमाडौँ । भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर किचेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताएका छन् ।

काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको मिनिबस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो । सडकको विपरित तर्फबाट सल्लाको रुख ढलेर किच्दा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।