Logo

भवानी कार्की

श्रावण ९, २०७९ सोमबार

दोलखाको तामाकोशी गाउँपालिका ४ स्थित मालुखोला बजार डुबानमा 


काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका ४ स्थित मालुखोला बजार डुबानमा परेको छ । अविरल वर्षाको कारण बिहानै देखी आएको पहिरो सहितको बाढीले बजार डुबानमा परेको हो । 

पहिरोले पुष्पलाल मार्ग अवरुद्ध छ भने ४ टहरा पुरिएका छन् । ९ वटा आर सी सी भवनमा क्षेती पुगेको छ । बजार आसपासका किराना पसलरुमा पनि क्षेती पुगेको छ । यद्धपी मानवीय क्षेती भने भएको छैन ।

वर्षा र बाढीको सम्भावना रहेका कारण तामाकोशी आसपासका क्षेत्रमा पनि जोखिमको सम्भावना देखिएको छ ।