Logo


काठमाडौँ । दोलखाको कालिन्चोक गाउँपालिका ५ लापिलङमा आएको पहिरोले गाउनै जोखिममा परेको छ । पहिरोले १ घर बगाइसक्यो भने बाँकी आसपासका घरहरू पूर्ण रूपमा बग्ने तयारीमा छन् । आइताबारदेखी आएको अविरल वर्षाका कारण पहिरो गएको थियो । पहिरोले अपर तामाकोशी राजमार्ग समेत अवरुद्ध पारेको छ ।

पहिरोको जोखिमका कारण स्थानीय बासिन्दाहरूलाई भने सुरक्षित स्थानमा सारिएको छ । अझै पनि पहिरोको नियन्त्रण नभएको र झनै उच्च जोखिम हुँदै गएको गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद सिवाकोटीले जानकारी दिए ।

लापिलाङको पहिरो दोलखा जिल्लाको मात्र नभएर बागमती प्रदेशकै अहिले सम्मको ठुलो पहिरो रहेको स्थानीयहरू बताउँछन् । 

कालिन्चोक गाउँपालिका स्थित लापिलाङको पहिरो यस वर्षको मात्र समस्या होइन हरेक वर्ष त्यस ठाउँमा पहिरोले दुख दिने गरेको छ । तर लापिलाङ पहिरोको दिर्घाकालिन समाधान भने हुन सकेको छैन ।