Logo

बागमती पेज

श्रावण ११, २०७९ बुधबार

ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो, ट्याक्सी चालक घाइते


काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको छ । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।

आकाशे पुल नजिकै दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।