Logo

बागमती पेज

श्रावण ११, २०७९ बुधबार

प्रदिप भुसाल भनिने पूर्णचन्द्र युट्युवर प्रहरीको फन्दामा


काठमाडौँ । युट्युवर प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । साइवर ब्यूरोबाट खटिएको टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट साउन १० गते ७ दिन म्याद थप गरी अनुसन्धान थालेको छ ।

युट्युवर भुसालले ‘बदमास केटा’ नामक युट्युव च्यानल सञ्चालन गरी बाटोमा हिँडिरहेकी महिलाको साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु भन्दै एक महिलालाई आतंकित बनाएको प्रहरीको भनाइ छ ।

उनले महिलामाथि अति सम्वेदनसिल बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट र अपलोड गरेका थिए ।

युट्युवर भुसालमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।