Logo

बागमती पेज

श्रावण १३, २०७९ शुक्रबार

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजबाट सुरु


काठमाडौँ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ ।

नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ ।

बौद्धमार्गीहरुले विशेषगरी स्वयम्भूको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्दछन् । स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको छ । यो पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् ।