Logo

बागमती पेज

श्रावण १३, २०७९ शुक्रबार

चन्द्रागिरि गोदाम चौरमा राँगोलाई गोली हानी मारियो


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको भन्दै एउटा राँगोलाई गोली हानी मारिएको छ । आज बिहान साढे ७ बजेतिर राँगो मारिएको हो ।

थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो । सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो । ‘करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा छिर्यो । त्यो कम्पाउण्डमा छिरेको पनि चार घण्टापछि गोली हानेर मारिएको थियो ।