Logo

बागमती पेज

श्रावण १३, २०७९ शुक्रबार

डिजिटल प्रणालीबाट पठनपाठन शुरु गर्दै ब्रुकलिन कलेज


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ स्थित सुकेधारामा रहेको ब्रुकलिन कलेजले एसइई परिक्षामा उतिर्ण भएका विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न कोर्षहरु संचालन गर्दै आएको छ ।

२०७८ सालको एसइई उतिर्ण विद्यार्थीहरुको लागि डिजिटल प्रविधिबाट विषेश कक्षाहरु संचालन गर्ने तयारीमा रहेको क्याम्पसका अध्यक्ष खिलानाथ सापकोटाले जानकारी दिएका छन् । अध्यक्ष सापकोटाले भने, ‘ब्रुकलिन कलेजमा अध्ययन गर्न आउँदा कजेल व्याग नभएर डिजिटल डिभाईस बोकेर आउँदा हुन्छ । हामीले यस किसिमको डिजिटल प्रणाली छिट्टै लागु गर्दै छौं ।’

ब्रुकलिन कलेजले उत्कृष्ठ नतिजा ल्याई उतिर्ण हुने विद्यार्थीहरुको लागि अझ फरक तरिकाले भर्ना गरिनुका साथै उचित पठनपाठनको व्यवस्था समेत गरेको छ ।

यस कलेजले विज्ञान, कानून, व्यवस्थापन, होटल म्यानेजम्यान्ट, सोसल वर्क र मानविकी संकायमा धमाधम भर्ना लिईरहेको छ । ब्रुकलिन कलेजले उपत्यका भित्र मात्र नभएर ग्रामिण भेगका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेको छ ।

सामान्य शु:ल्कमा गुणस्तरिय शिक्षा हासिल गर्न सकिने यस कलेजमा छात्रवृद्धिको समेत व्यवस्था रहेको छ । गरिव तथा जेहनदार विद्यार्थीको लागि शुल्कमा विशेष छुट प्रदान गरिने कलेजले जनाएको छ ।

ब्रुकलिन कलेजका विशेषता :

  • डिजिटल प्रविधि मार्फत पढाईने
  • दक्ष तथा अनुभवी शिक्षकबाट पढाईने
  • प्रविधिमैत्री कक्षा संचालन
  • सिपमूलक व्यवहारिक र संस्कारयुक्त शिक्षा
  • प्रोजेक्ट वर्क तथा अनुसन्धान विधिमार्फत सिकाईने
  • शान्त एवं रमणीय वातावरणमा पठनपाठन हुने
  • विज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा
  • खेलकुद तथा बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु
  • व्यवस्थित पुस्तकालयको व्यवस्था
  • पढाइमा अब्बल, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान