Logo

बागमती पेज

श्रावण १३, २०७९ शुक्रबार

‘हनी ट्रयाप’मा पारेको अभियोगमा दुई दम्पती पक्राउ


काठमाडौं । प्रहरीले विभिन्न व्यक्तिलाई हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए ।

‘रोजिना राउतको श्रीमान्ले आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हो भन्दै परिचय गराउने गरेका थिए’ कोइरालाले भने । प्रहरीले यसअघि पनि नक्कली प्रहरी निरीक्षक बनेर हनी ट्यापिङमा पार्ने गिरोहलाई २ साउनमा समातेको थियो ।