Logo

बागमती पेज

श्रावण १३, २०७९ शुक्रबार

कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने


काठमाडौं । कक्षा १२ को नतिजामा (‘नन ग्रेडेड’ )लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ ।

सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड १९ का कारण विद्यार्थीको सिकाइमा प्रभाव परेको भन्दै एसईईको नतिजामा अक्षरांकन ग्रेडिङ विधि लागू भयो ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड )लेखिनेछ । कुनै एक विषयमा एनजी लेखिएमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने भएकाले (नन ग्रेडेड )हुनु भनेको फेल हुनु सरह हो ।

१६ जेठदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी थिए ।