Logo

बागमती पेज

श्रावण १६, २०७९ सोमबार

राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार पुरस्कार


काठमाडौं : सरकारले आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई पुरस्कृत गर्ने भएको छ ।

आइतवार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको बैठकले राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा हुँदैछ ।

बैठकले राखेपको वार्षिक योजना, कार्यक्रम तथा बजेट समेत पारित गरेको छ ।

बैठकका निर्णयहरू :
नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्बन्धमा
१. खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार भत्ता दिने,
२. प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने ,
३. सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरूले मात्र सम्वन्धित टिममा सहभागी हुनु पर्ने,
४. प्रदेश तथा विभागीय टिमहरूले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने,
५. प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरियो,
६. ३६ खेलमा प्रतिस्पर्धा हुने छ भने २ वटा खेलको प्रदर्शनी हुने छ,
७. खेल इभेन्टस् ४०७,
८. टिम ११ वटा हुने छन्,
९. प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई नगद रु २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालाई रु १५ हजार तथा नयाँ १० राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई रु ५० हजार उपलब्ध गराउने,
११. प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गरिने,
१२. परिषद्को कर्मचारी सेवा, शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुमारीको संयोजकत्वमा समिति गठन,
१३. परिषद्को भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद् सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति,
१४. खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन,
१५. परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाइने,
१६. सन् २०२३ मा हुने १४औं साग, २०२३ मा हुने १९ औ एशियाली खेलकुद २०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शीतकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने
१७. ओ एन्ड एम सर्भे समिति गठन,
१८. खेलाडी छात्रावास निर्माण,
१९. एनएनसी फिट्नेस सेन्टरको स्थापना गर्ने