Logo

बागमती पेज

श्रावण १७, २०७९ मंगलबार

नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकनमा मेयर बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ( बालेन ) ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले अवलोकन गरेका हुन् ।

स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलले जानकारी दिए ।

मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । साहको निर्देशन अनुुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।