Logo

बागमती पेज

श्रावण १८, २०७९ बुधबार

निर्वाचनमा एक्लाएक्लै चुनाव लडे कांग्रेसले यी जिल्लामा सोत्तर पार्ने !


काठमाडौं : केही महिना भित्रै हुने भनिएको संघ र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुने छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका नेता र कांग्रेसमा आन्तरिक छलफल तीव्र पारेका छन् ।

सम्भवतः आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचनको मिति तोकिनेछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामपछि दलहरूबीच गठबन्धन बनाएर चुनावमा जाने कि एक्लाएक्लै जाने भन्नेबारे छलफल चलिरहेको छ ।

कांग्रेसले तीन सय २८ स्थानीय तहमा जित हासिल गरेको थियो । वडाध्यक्षले जितेका आधारमा कांग्रेसले एमालेभन्दा एक लाख ४४ हजार बढी मत पाएको छ ।

स्थानीय तहको परिणामअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा दलहरू एक्लाएक्लै चुनाव लडे भने कांग्रेस ७६ सिटसहित अग्रणी स्थानमा रहने देखिन्छ । एमाले ७१ सिट जितेर दोस्रो बन्न सक्छ ।

माओवादी ८ सिटमा खुम्चन सक्छ । माओवादी केन्द्रका वडाध्यक्षले संघीय निर्वाचन क्षेत्रमध्ये आठवटामा मात्रै अग्रता कायम गर्ने गरी भोट ल्याएका छन् । जनता समाजवादी पार्टीले पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले दुई तथा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नवगठित नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जित्न सक्ने देखिन्छ ।

यी हुन् कांग्रेसले जित्न सक्ने प्रतिनिधिसभा निर्वाचन क्षेत्र:
अछाम १, अछाम २, इलाम २, ओखलढुंगा, कञ्चनपुर २, कञ्चनपुर ३, कपिलवस्तु १, कपिलवस्तु २, काठमाडौं १, काठमाडौं १०, काठमाडौं ३, काठमाडौं ६, काठमाडौं ७, काठमाडौं ८, काठमाडौं ९, काभ्रेपलाञ्चोक १, कास्की १, कैलाली ३, कैलाली ४, कैलाली ५, गोरखा १, जुम्ला, झापा ३, डडेलधुरा, डोटी, तनहुँ १, दाङ १, दैलेख १, धनुषा १, धनुषा २, धनुषा ३, धनुषा ४, धादिङ २, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १, नुवाकोट १, नुवाकोट २, पर्सा २, पर्सा ३, पर्सा ४, बर्दिया २, बाँके १, बाँके २, बाँके ३, बारा १, बारा २, भक्तपुर २, महोत्तरी ४, मोरङ ५, मोरङ ६, रसुवा, रामेछाप, रूपन्देही १, रूपन्देही २, रूपन्देही ३, रौतहट २, रौतहट ४, ललितपुर १, ललितपुर २, ललितपुर ३, सप्तरी १, सप्तरी ४, सर्लाही १, सर्लाही २, सर्लाही ४, सल्यान १, सिन्धुपाल्चोक १, सिन्धुली १, सिरहा १, सुनसरी २, सुनसरी ४, सुर्खेत १, सोलुखुम्बु, स्याङ्जा १ र स्याङ्जा २ ।