Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

सप्तकोसी बाढी पीडितले पाए सहयोग, प्रदेश सरकारले पठायो राहत


काठमाडौँ । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो ।

बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानव वस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ ।

मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए ।

अहिले कोसीले बाँध भत्काएर मानवबस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोसी बग्ने गथ्र्यो । २०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए ।