Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

सिके राउत नेतृत्वको जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा


काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

अख्तियारले छानविन गर्दा नै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने भएपनि नदिएको भन्दै जनमत पार्टीले मुद्दा दायर भएपनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने जनाएको हो ।

कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ ।

सो पार्टीले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा व्यापक भ्रष्टाचार भएको भन्दै यसअघि नै प्रश्न उठाउँदै आएको थियो ।

राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ ।