Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

लोकसेवाको उत्तरपुस्तिकामा फोन नम्बर लेखेर ‘कल गर्नू’ भनेपछि…


काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षामा एक परीक्षार्थीले उत्तरपुस्तिकामा फोन नम्बर लेखेपछि परीक्षा रद्ध भएको छ ।

प्रदेश लोक सेवा आयोगको कार्यालय, कर्णालीले ४ साउनमा लिएको स्वास्थ्य सेवा अन्तर्गत अहेब पदको प्रथम चरणको लिखित परीक्षाको उत्तरपुस्तिकामा सल्यानको सिद्धकुमाख गाउँपालिकाका नवीन कुमार रेउलेले आफ्नो नम्बरसँगै ‘कल गर्नू’ लेखेका थिए ।

उक्त उत्तरपुस्तिकामा फोन गर्न आग्रह गरेको भेटिएपछि परीक्षा रद्द गरेको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले बताए । आयोगको गत सोमबार बसेको बैठकले रेउलेले अब २ वर्षसम्म आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए ।

हेर्नुहोस् सूचना :