Logo

बागमती पेज

श्रावण २०, २०७९ शुक्रबार

आगामी निर्वाचनमा सीट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन


काठमाडौँ । आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सीट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ ।

त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् ।

राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलका सदस्यले सीट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्ने भुसालले बताए ।

कार्यदलले तयार गरेको प्रस्तावको आधारमा नै सिट बाँडफाँड गरिने भएको छ ।