Logo

बागमती पेज

श्रावण २२, २०७९ आईतबार

अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


काठमाडौं । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्‍याम भाइ पटेल रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर ३ हजार ६००, पाउण्ड स्टर्लिङ २ हजार १३०, युरो ३ हजार ४००, यूइई दिराम ४ हजार ४६५ केनिया सिलिङग्स ४ हजार ६५० लगायतका मुद्रा बरामद गरेको छ ।