Logo

बागमती पेज

श्रावण २३, २०७९ सोमबार

निर्मला हत्या प्रकरणमा परेका दिलीपसिंहले किशोरीहरुलाई दुर्व्यवहार गरेको आरोप


काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या आरोपमा चार वर्षअघि पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो ।

१३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।गरेकोकाठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या आरोपमा चार वर्षअघि पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।

भिमदत्त नगरपालिका–१९ बागफाँटाका विष्टले आजभोलि रेडक्रस–उल्टाखाम सडकमा हिँड्ने किशोरीहरुलाई जिस्काउने र हैरानी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए ।

किशोरीहरुलाई दुर्व्यवहार गर्ने दिलीपको स्वभाव नै भएको र चार वर्षअघि पनि उनको स्वभाव त्यहि नै रहेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । दुर्व्यवहार गरेको भन्नेबारे किशोरीका अभिभावकहरूले प्रहरीलाई भनेका छैनन् । तर, निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान गर्न खटिएका सीआईबी र जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरूले सो सूचना पाएपछि त्यसबारे अनुसन्धान थालेका हुन् ।