Logo

बागमती पेज

श्रावण २३, २०७९ सोमबार

असमान तलब वृद्धिको विरोधमा कर्मचारी आन्दोलित, मंगलबार देशभरका नासु बिदामा बस्ने


काठमाडौं । असमान तलब वृद्धिका विरूद्धमा निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत असमान ढंगले उच्च तहको कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै देशैभरका नायव सुब्बा कर्मचारीले मंगलबार बिदामा बस्ने घोषणा गरेका हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा बसेको नासु कर्मचारीहरुको भेलाले मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा दिने चेतावनी समेत दिएको छ ।

नेपाल निजामती कर्मचारी युनियनले असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गर्नुपरेको जनाएको छ ।