Logo

बागमती पेज

श्रावण २८, २०७९ शनिबार

एन्फा अध्यक्ष नेम्वाङको प्रमुख सल्लाहकारमा नविन पाण्डे नियुक्त


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्षको प्रमुख सल्लाहकारमा नविन पाण्डे नियुक्त भएका छन् ।

बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले पाण्डेलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको हो ।

यस अघि पाण्डे एन्फाको अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारीमा थिए । बिहीबार बसेको एन्फाको बैठकले भने जिम्मेवारी परिवर्तन गरी सल्लाहकारमा नियुक्त गरेको छ । अब उनी अध्यक्ष पंकजविक्रम नेम्वाङको सल्लाहकारको रूपमा रहने छन् ।

एन्फा महासचिव किरण राईले विज्ञप्ति जारी गर्दै पाण्डेलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको जनाएका हुन् ।