Logo

बागमती पेज

भाद्र १, २०७९ बुधबार

‘मिस युनिभर्स नेपाल’का लागि छानिए २० सुन्दरी, विजेताले कति पाउँछन् पुरस्कार ?


काठमाडौँ । ‘मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना छानिएका छन्। काठमाडौंको याक एन्ड यती होटेलमा आइतबार आयोजना गरिएको कार्यक्रममा २० प्रतिस्पर्धी रेड कार्पेटमा हिँडेका थिए।

निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगितामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाले समेत सहभागिता जनाउन पाउने बताइन्।

‘मैले सधैँ नै मिस युनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागू हुने समावेशिता हो। आउँदो वर्षदेखि लागू हुने गरी गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाका लागि लागू हुनेमा विश्वास लिएकी छु,’ उनले भनिन्।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन्। विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुका साथै ७१औँ शृंखलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन्।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन्।

यस वर्षको ‘मिस युनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने जानकारी दिइएको छ। यस्तै विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन्।

यसपटक सात वटा उपशीर्षक पुरस्कार दिइनेछ। जसमा मिस इको इन्फिनिटी, मिस लाइफस्टाइल, मिस फ्याबुलस, मिस फेयर्स, मिस आइसिटी, मिस फ्री एण्ड फियरलेस, लूप नेटवर्कको पिपुल च्वाइस अवार्ड छन्।

यस वर्षको ‘मिस युनिभर्स नेपाल’मा विपना अधिकारी, दिक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत, श्रृष्टि हाडा, जास्मिन खड्का, मोनिका चौधरी, अनुअनमोल क्षेत्री, श्रृष्टि तामाङ, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन्। ओरिफ्लेम मिस युनिभर्स नेपाललाई उमंग क्रिएसनले आयोजना गर्न लागेको हो।