Logo

बागमती पेज

भाद्र २, २०७९ बिहीबार

संसदमा बालेन र हर्कको जुहारीको चर्चा


काठमाडौं । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको जुहारीको चर्चा संसदमा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाएका हुन् ।

उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाए ।

साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए काठमाडौंको फोहोर उठ्ने थिएन रहेछ भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका थिए । उनले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ’