Logo

बागमती पेज

भाद्र ४, २०७९ शनिबार

साताको सेयर बजार : परिसूचक ३० अङ्कले बढ्यो, कारोबार रकम घट्यो


काठमाडौं : यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३० अङ्कले बढेर बन्द भएको छ । साताको ५ कारोबार दिनमध्ये २ दिन मात्रै बढेको नेप्से ३० अङ्कले बढेर २०६८ अङ्कमा पुगेर रोकिएको हो । यो साता नेप्सेको कारोबार २०३८ अङ्कबाट सुरु भएको थियो ।

साताभरमा सोमबार र बिहीबार मात्रै नेप्से परिसूचक बढेको थियो । यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.४१ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्कले बढेको छ । यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स २.२९ अङ्कले बढेको छ ।

यो साता नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत साता १२ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकामा यो साता जम्मा १० अर्ब ५० करोडको कारोबार भएको छ । जुन, गत साताको तुलनामा १ अर्ब ५५ करोड रुपैयाँ कम हो ।

परिसूचक बढेको साता कारोबार रकम घटे पनि बजार पुँजीकरण भने बढेको छ । गत साता २९ खर्ब १० अर्ब रहेको नेप्से पुँजीकरण यो साता बढेर २९ खर्ब ६३ अर्ब पुगेको छ । यो एक सातामा आएको ५३ अर्बको वृद्धि हो ।