Logo

बागमती पेज

भाद्र ४, २०७९ शनिबार

प्रतितोला १८०० ले घट्यो सुनको मूल्य


काठमाडौं : यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ १८ सयले घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । जुन, १८ सय रुपैयाँले घट्दै यो साताको शुक्रबारसम्म आइपुग्दा ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो । जुन, यो साता ९५ हजार रुपैयाँ कायम भएको छ ।

यो साता आइतबार तोलामा ५०० ले मूल्य बढ्नु बाहेक अन्य सबै कारोबार दिन घटेको छ । सोमबार ४०० ले घटेको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ५०० रुपैयाँ, विहीबार ३०० र शुक्रबार ४०० रुपैयाँले घटेको हो ।

यसैगरी, यो साता चाँदीको मूल्यमा ४० रुपैयाँको गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ११ सय ८५ रुपैयाँ कायम भएको छ ।