Logo

बागमती पेज

भाद्र ८, २०७९ बुधबार

जब काठमाडौँ मलमा डोजर चल्यो…..


काठमाडौं । काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र शाह काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मल पुगेका छन् ।

प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।

केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको थियो ।