Logo

भवानी कार्की

भाद्र १२, २०७९ आईतबार

काव्य म्युजिक सेन्टरद्वारा काव्य अवार्ड २०७९ सम्पन्न


काठमाडौँ । काव्य म्युजिक सेन्टरले तिज म्युजिक अवार्ड तथा सम्मान कार्यक्रम २०७९ भव्यताका साथ सम्पन्न गरेको छ । तिज विशेष कार्यक्रमको आयोजना गर्दे अवार्ड तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कलाकार लक्ष्मी गिरीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरूलाई २६ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । 

काव्य म्युजिक सेन्टरद्धरा आयोजित उक्त कार्यक्रममा  नेपालका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकारहरूलाई सम्मान गर्ने क्रममा चर्चित म्युजिक भिडियो निर्देशक समाजका कोषाध्यक्ष बबिता श्रेष्ठ, निर्देशक निरेन श्रेष्ठ, गीतकार तथा साहित्यकार सुरेन्द्र महर्जन र गायिका कमला गौतमलाई कव्य म्युजिक रजतबाट सम्मान गरिएको थियो । 

त्यसै गरी मनोरञ्जन पत्रकारिताबाट रश्मि थापालाई नगद सहित काव्य मनोरञ्जन पत्रकारिताबाट सम्मान गरिएको थियो । त्यसै गरी गायन बिधा बाट प्रकाश कुवालले सर्वोत्कृष्ट अवार्ड  हात पारेका छन् भने चर्चित मोडेल दुर्गेश थापाले सर्वोत्कृष्ट मोडेल बाट अवार्ड पाएका छन् । छायांकार बाट नरेश ऎरले सर्वोत्कृष्ट छायांकार अवार्ड हात पारेका छन् ।

त्यस्तै अन्य कलाकारहरूले पनि अवार्ड जितेका छन् । सो कार्यक्रममा भिडियो सम्पादक मीन रावलले सम्मान पाएका छन् भने अन्य कलाकारहरुपनि काव्य सम्मान बाट सम्मानित भएका छन्। 

 क्रमशः २६ विधामा अवार्ड वितरण गरेको उक्त कार्यक्रममा चर्चित अनुहारहरूको उपस्थिति रहेको थियो ।